About Us

mero gharjaga welcome

मेरो घरजग्गामा तपाइँलाई

हार्दिक स्वागत छ !

किन मेरो घरजग्गा ?

हिजो दाउरामा दालभात तरकारी पाक्थ्यो। आज ग्याँस र इन्डक्सन चुलोमा पाक्छ। हिजो हालखबर सोध्न चिट्ठी लेखिन्थ्यो। आज मोबाइलमा लाइभ बसेर कुरा गरिन्छ। तर त्यही मोबाइल हातमा बोकेर मेरो घर बेचिदेउन, भाडामा लगाइदेउन भन्दै हिंड्नु जत्तिको नमज्जा अरु के हुन्छ?  

यही नमज्जाको अनुभवले जन्माएको साझा मंच हो मेरो घरजग्गा। त्यो मंच जसले विक्री गर्ने र खरिद गर्नेलाई एक-आपसमा सिधै सम्पर्क गराउँछ। 

पत्याउनु भएन? तल सार्दै जानुहोस त। विक्री वा भाडामा राखिएका घर, जग्गाहरुको विवरण देख्नुहुन्छ। कुनै एउटामा क्लिक गर्नुहोस। सम्पर्क नम्बर खोज्नुहोस्। सम्पर्क गर्नुहोस। र हो पो रहेछ भनेर दङ्ग पर्नुहोस। मेरो घरजग्गाले दिने सुविधा उपयोग गर्नुहुन्छ भने क्लिक गर्नुहोस। 

के गर्छ मेरो घरजग्गाले ?

  • खरिद गर्न चाहनेले विक्री गर्न चाहनेलाई सोझै सम्पर्क गर्नसक्ने बनाउने
  • खरिद गर्दा वा विक्री गर्दा मध्यस्थकर्तालाई बुझाउनुपर्ने कमिसनबाट मुक्त गर्ने 
  • विक्री गरिदिने वा भाडामा लगाई दिने मान्छे खोज्दै हिंड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने
  • भाडामा लिन वा दिन सरल, सहज र विश्वसनीय माध्यम उपलब्ध गराउने
  • सरल, सहज र विश्वसनीय वातावरण बनाएर तपाइँहरुको मन जित्ने
add slide 1

विक्री वा भाडामा कसरी राख्ने?

प्रकृया १:
(१) विक्री गर्ने वा भाडामा लगाउन चाहनु भएको घर, घडेरी, व्यवसाय प्रस्ट देखिने ५ वटा फोटो खिच्नुहोस्।
(२) जसको नाममा सम्पत्ति छ उसैको नागरिकताको फोटो पनि खिच्नुहोस्।
(३) घर, जग्गा वा घडेरी विक्री गर्न चाहनुहुन्छ भने लालपुर्जा र ट्रेस नक्साको फोटो खिच्नुहोस्।
(४) व्यवसाय विक्री गर्न चाहनु भएको हो भने व्यवसाय दर्ताको प्रमाणपत्रहरुको फोटो खिच्नुहोस्।

प्रकृया २:
(१) मेरो घरजग्गामा उपलब्ध यो फर्ममा क्लिक गर्नुहोस ।
(२) फर्ममा तपाइँको आवश्यकता अनुसारका केही प्रश्नहरु सोधिन्छन।
(३) ती प्रश्नहरुको उत्तर क्लिक गरेर र लेखेर दिंदै जानुहोस।
(४) जुन फोटो अपलोड गर्नुहोस भन्ने प्रश्न आउँछ त्यही फोटो अपलोड गर्नुहोस
(५) अन्तमा सब्मिट बटनमा क्लिक गर्नुहोस। दोश्रो प्रकृया पनि सक्कियो।

प्रकृया ३:
(१) सब्मिट बटनमा क्लिक गरिसकेपछी मेरो घरजग्गाको तर्फबाट तुरुन्त धन्यवाद आउँछ।
(२) सँगै सेवा शुल्क भुक्तानी गर्नका लागि “सेवा शुल्क भुक्तानी गर्नुहोस” भन्ने बटनमा क्लिक गर्नुहोस।
(३) सेवा शुल्क रु. ३५००/- भुक्तानी गर्नु भएको स्क्रिन सट मेरो घरजग्गाको व्हाट्सएप नम्बर ९८५१०६८७६१ मा पठाएपछि प्रकृया पुरा हुन्छ।

प्रकृया ४:
(१) फर्म भर्न जान्नु भएन वा थप जानकारी चाहनुहुन्छ भने मोबाइल नम्बर ९८५१०६८७६१, ९८५२०६८७६१, ९८०३९५९६४८ मा सम्पर्क गर्न सक्नुहुनेछ।

नोट:

  • सेवा शुल्क विक्री गर्न वा भाडामा लगाउन राखिएको सम्पत्ती विक्री नहुन्जेल वा भाडामा नलागुन्जेल सम्मका लागि हो। सेवा शुल्क बाहेक मेरो घरजग्गाले अन्य कुनै सुल्क वा कमिसन लिने छैन। 
  • विक्री भइसकेपछि वा भाडामा लागिसकेपछि भने मेरो घरजग्गाको विक्री वा भाडा सूचीबाट हटाउन हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। जानकारी नगराउँदा खरिद गर्न चाहने वा भाडामा लिन चाहने थप ग्राहकहरुले तपाइँहरुलाई सम्पर्क गरिरहन सक्ने सम्भावना रहिरहन्छ।

विश्वास गर्न सकिने कुनै उदाहरण?

उदाहरण नै उदाहरण छन्। तल विक्री गर्न वा भाडामा लगाउन चाहने तपाइँ जस्तै व्यक्तिहरुले घर, घडेरी, खेतबारी, व्यवसाय विक्री गर्न वा भाडामा लगाउन राख्नु भएको छ। कुनै एउटा छान्नुहोस् र क्लिक गर्नुहोस। त्यहाँ विक्री गर्न वा भाडामा लगाउन चाहने सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पाउनुहुनेछ। सम्पर्क गरेर आधिकारिकता जाँच गर्नुहोस।

Visiting Card

READ MORE ABOUT NEPALI REAL ESTATE

Real Estate Agency

Real Estate Agency: What You Need to Know

Discover how a real estate agency can simplify buying or selling your home, guiding you through the process with expert support and insights.
Continue reading
Real Estate Agency

Real Estate Agency Explained

Discover how a real estate agency simplifies buying and selling property, guiding you through contracts and negotiations for a seamless experience.
Continue reading

🏡 मेरो घरजग्गा – नेपालीहरूको लागि सबैभन्दा सरल, सुरक्षित र किफायती रियल इस्टेट प्लेटफर्म!

मेरो घरजग्गा - के तपाईं घर, जग्गा,...
Continue reading
mero gharjaga

नेपालमा घर जग्गा किन्ने, बेच्ने वा भाडामा लिने समस्या

नेपालमा घर जग्गा किन्ने वा बेच्ने...
Continue reading
mero gharjaga

Houses for Sale in Nepal

Houses for Sale in Nepal Introduction Brief overview of the real estate market in...
Continue reading

Land for Sale in Kathmandu

Land for Sale in Kathmandu: Your Ultimate Guide to Real Estate Opportunities Table of Contents...
Continue reading

Exploring Your Dream Home: Houses for Sale in Nepal

Embark on a captivating journey through the diverse tapestry of "Houses for Sale in Nepal" with our...
Continue reading

No Commission on Selling Properties

"No Commission on Selling Properties" is one of the objectives of merogharjaga.com. In earlier...
Continue reading

Online Real Estate Websites in Nepal

Followings are the Online Real Estate Websites in Nepal. Visit all to see their objectives and...
Continue reading