
(६) माथिको मेनु बक्समा रातो घेरा लागेको Create a Listing मा क्लिक गर्नुहोस्।
अब घरघडेरीको वारेमा विवरण भर्न पाउने तलको जस्तो स्क्रिन आउँछ। अब घरघडेरीको वारेमा विवरण भर्न पाउने तलको जस्तो स्क्रिन आउँछ। जहाँ जहाँ रातो घेरा लागेको छ त्यहाँ-त्यहाँ विवरण भर्दै जानुहोस।

(७) माथिको रातो घेरा लागेको कोठाभित्र घरघडेरीको छोटो विवरण लेख्नुहोस्। जस्तै: काठमाण्डौ, भीमसेनगोला, वडा नं ३ मा घर विक्रीमा।
(८) त्यसपछि तलको चित्रमा देखिएको ठाउँमा आफुले विक्री वा भाडामा लगाउन खोज्नु भएको घरघडेरीको लामो विवरण लेख्नुहोस्। जस्तै: काभ्रेपलान्चोक जिल्ला, बेथानचोक गाउँपालिका, थली वडा नं २ मा १२ मिटर पिच बाटोले छोएको, पूर्वी मोहोडा भएको २-८-०-० आना जग्गा विक्रीमा छ। जग्गाबाट ७ वटै हिमाल प्रस्ट देखिने भएकोले होटल, रेस्टुरेन्ट व्यवसायका लागि अति उपयुक्त।

(९) अब तपाइँले विक्री वा भाडामा लगाउन खोज्नु भएको घरघडेरीको प्रकार जस्तै: व्यापारिक, आवासीय, खेति, उद्योग के हो तलको रातो घेरामा देखाए जस्तै गरि छान्नुहोस्।

(१०) अब तलको रातो घेरामा जस्तै तपाइँले घरघडेरी विक्री वा भाडामा लगाउने हो छान्नुहोस्। जस्तै विक्री गर्ने भए On Sale छान्नुहोस्, भाडामा लगाउने हो भने On Rent छान्नुहोस्।

(११) तलको चित्रमा देखाएको ठाउँमा आफ्नो घरघडेरीको विक्री मूल्य जस्तै: प्रतिआना/रोपनी, प्रतिधुर/कट्ठा/विघा, प्रतिहात वा भाडामा लगाउने हो भने मासिक भाडादर लेख्नुहोस्।

(१२) अबको पालो भनेको तपाइँको घरघडेरी स्पस्ट देखिनेगरि खिचेका फोटोहरु अपलोड गर्ने। फेसबुकमा फोटो अपलोड गरेजस्तै। तलको चित्रमा रातो घेरा लागेको छ। फर्ममा त्यही रातो घेरा लागेकै जस्तो ठाउँमा क्लिक गर्नुहोस र फोटाहरु अपलोड गर्नुहोस्।

(१३) घर विक्री वा भाडामा लगाउन खोज्दै हुनुहुन्छ भने तलको फर्ममा उल्लेख गरिएका विवरण भर्नुहोस्। जग्गामात्र विक्री वा भाडामा लगाउनु हुँदैछ भने तल केहि पनि भर्नुपर्दैन। खालि छोडिदिनु होला।

(१४) तलको चित्रमा रातो घेरा भएका ठाउँमा आफ्नो घरघडेरी भएको ठाउँको ठेगाना भर्नुहोस्। जस्तै: Address को ठाउँमा sundarharaicha morang नेपाल, प्रदेश, सहर, आदि।

(१५) तलको चित्रमा रातो घेरामा देखाएको सानो कोठामा क्लिक गर्नुहोस र अर्को रातो घेरामा देखाएको Submit Property बटनमा क्लिक गर्नुहोस।

धन्यवाद! तपाइँको घरघडेरी विक्री वा भाडाका लागि मेरो घरजग्गामा लिस्टिङ्ग भयो। लिस्टिङ्ग भएको जानकारी तपाइँले उल्लेख गरेको इमेलमा पनि प्राप्त हुनेछ।
शुल्क तिरेर कसरी लिस्टिङ्ग गर्ने?
(१) लगइन गर्नुहोस्।
(२) Create Listing बटनमा क्लिक गर्नुहोस। तलको स्क्रिनमा रातो घेरा लागेको देखिए जस्तै पेजको त्यहि ठाउँमा क्लिक गर्नुहोस।

(३) तलको चित्र जस्तै मेसेज बक्स देखिन्छ। मेसेज बक्समा भएको Change Membership Plan बटनमा क्लिक गर्नुहोस।

(४) तल चित्रमा दिए जस्तै प्याकेज बक्स देखिन्छन। अब कुन प्याकेज लिएर लिस्टिङ्ग गर्ने हो सो प्याकेजको Get Started बटनमा क्लिक गर्नुहोस।

(५) अब तल देखिए झैं देखिने फर्ममा आफ्नो विवरणहरु भर्नुहोस्।



(६) अब तल चित्रमा देखिए झैं कुन माध्यमबाट शुल्क बुझाउने हो सो माध्यममा क्लिक गर्नुहोस्। जस्तै: इसेवा, खल्ती, आदि। शुल्क बुझाउने माध्यममा क्लिक गरिसकेपछि Proceed to eSewa, Khalti, मा क्लिक गर्नुहोस।

(७) यसपछि तपाइँ बैंकिङ्ग माध्यममा प्रवेस गर्नुहुन्छ। इसेवा, खल्ती वा अन्यमाध्यमबाट शुल्क भुक्तानी गरिसकेपछि भुक्तानी गरेको स्क्रिन सट तलको फर्म मार्फत हामीलाई पठाई दिनुहुन अनुरोध छ। भुक्तानी निर्क्यौल भएपछि तपाइँको घरघडेरी विक्री वा भाडाका लागि लिस्टिङ्ग हुनेछन्।